१३ औं सागः ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा



काठमाडौं ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३२ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)