सागको साइक्लिङ रेसका लागि यसरी परिचान स्वयंसेवक ट्राफिक



काठमाडौं । १३ औं साग खेलको साइक्लिङ कलंकी, कोटेश्वर र सूर्यविनायक सडकखण्डमा भएको छ । साइक्लिङ प्रतियोगिता भइरहँदा सडकका छेउ छेउमा दर्शकको ठूलो भीड देखिन्थ्यो । उक्त खेलका लागि शनिवार कलंकीदेखि सूर्यविनायक सडकखण्डमा खेल हुने समयवधिभर सडक प्रयोगकर्तालाई सर्भिस लेनको प्रयोग ब्यवस्थित होस् भने हेतुले स्वयंसेवक ट्राफिक ब्यवस्थापन गरिएको देखिन्थ्यो । कलंकीदेखि कोटेश्वर, गठ्ठाघर, सल्लाघारी हँदै सुर्यविनायकसम्मको एउटा लाइनमा ट्राफिक खटिएको रमेश कुमार दगौंराले जानकारी दिएका छन् ।


अरु ठाउँमा एक दुई जना भएपनि कोटेश्वरमा दर्शकको धेरै चाप भएकोले चार जना खटिएका स्वयंसेवक ट्राफिक दगौराले बताए । हामीलाइ खाजा र डे«सको ब्यवस्था गरिएको उनले वताए । काठमाडौंमा सुनिल दंगाल, रमेश कुमार दगौंरा, रोसन तामाङ ,आयुश ढुङ्गेल लगायत जम्मा २३ जना स्वयंसेवक ट्राफिक रहेका दगौंराले जानकारी दिए । रोडमा पोलिसको गाडी तेरसियाएर पनि पुलिशले ट्राफिक ब्यवस्थापन गरेको देखिन्थ्यो । खेल हुने समयमा अत्यावश्यक बाहेक अन्य सवारी भने चलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य