महिला भलिवलमा नेपालको ऐतिहासिक जित, श्रीलंका तीन शून्यले पराजित



काठमाडौं । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक जित्ने पक्का भएको छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तीमा रजत पक्का भएको छ ।

नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई तीन शून्यको सोझो सेटमा हरायो । त्रिपुरेश्वरस्थित कर्भडहलमा शनिबार भएको खेलमा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को सेटमा जित निकाल्यो । नेपालले पहिलो सेट २५–१४ को सेटमा जित्यो । सुरुवातमा केहि तालमेल नमिलेको नेपालले विस्तारै आफ्नो लयलाई समात्यो । एक समय १३–८ ले अगाडी रहेको नेपालले आफ्नो अग्रतालाई कायमै राख्दै २४–१४ मा पुर्याएको थियो । त्यसपछि अरु एक अंक थप्दै नेपालले पहिलो सेट २५–१४ ले जित्यो ।

दोस्रो सेटमा पनि सुरुवात देखि नै अग्रता बनाएको नेपालले श्रीलंकालाई १८ अंक भन्दा अगाडी जान दिएन । निकै उत्कृष्ट खेल खेलेको नेपाली महिला टिमले दोस्रो सेट २५–१८ ले जित्यो ।

नेपाल भन्दा केहि कमजोर दखिएको श्रीलंकाले तेस्रो सेटमा भने केहि सुधारिएको प्रदर्शन गर्यो । उसले तेस्रो सेटमा एक समय ११–११ को बराबरी गरेको थियो । त्यसपछि पनि सेटमा तिब्र प्रतिस्पर्धा भएको थियो ।

तर नेपालले आफनो लयलाई कायम राख्दै खेल २१–१७ मा पुर्यायो । अन्ततः नेपालले सेट २५–२१ ले जित्यो । नेपालले यसअघि सागमा तीन पटक काश्य जितेको थियो । जसमा १९९९, २००६ र २०१६ मा काश्य जितेको थियो । अब उपाधिका लागि नेपाली महिला टिमले भारतसँग खेल्नेछ । यसअघि नेपाल भारतसँग पराजित हुँदा समूह उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनुवाइ समितिले सर्वोच्चका लागि सिफारिस न्यायाधीशविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग मङ्सिर २७ गते छलफल गर्ने

  काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा

सरकारप्रति ओलीको आक्रोशः राजीनामा गरेर घर जानुपर्ने हो, तर लाज नमानेर बसिराखेका छन्

बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको बताएका

साहसिक पर्यटन ‘ट्रेकिङ’मा बढ्दो आकर्षण

काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय

अर्थतन्त्र सुधारका लागि सरकारका साथै निजी क्षेत्र पनि उत्तिकै जिम्मेवारः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्दै मुलुकमा आशाको सञ्चार गर्न