जुमानु राईलाई पुरस्कारको पूरा रकम किन नदिएको ?



गणेश थापा, पूर्वअध्यक्ष एन्फा

विभिन्न चरणमा घोषणा भएका पुरस्कार नपाएका खेलाडीहरुले हिजो अखिल नेपाल फुटबल संघ द्वारा खेलाडीहरुलाई पुरस्कार दिएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

यसै सन्दर्भमा नेपाल सरकारद्वारा नेपालको वर्षभरिको सर्वोत्कृष्ट पुरुष खेलाडीलाई दिने पुरस्कारमा पनि जुमानु राईलाई पूरा रकम नदिएकोमा राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु ।

चाँडोभन्दा चाँडो बाँकी रकम दिनको निमित्त राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयले यसविषयमा पहल गरोस् महिला राष्ट्रिय खेलाडीलाई पनि पुरस्कार दिने सुरुवात गरेकोमा अखिल नेपाल फुटबल संघ लाई लागि धन्यवाद दिन चाहन्छु ।

आजभन्दा दुई वर्ष अगाडि भुटानमा भएको U 18 प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नेपाली युवा राष्ट्रिय खेलाडीलाई हालसम्म पनि पुरस्कार नदिएकोमा अखिल नेपाल फुटबल सङ्घको ध्यानाकर्षण गर्न चाहन्छु ।

यी खेलाडीहरुलाई नदिनेको कारण के हो यसबारेमा अखिल नेपाल फुटबल सङ्घको धारणा सार्वजनिक हुनुपर्यो । यसरी विजय भएका खेलाडीहरुलाई अपमानित गर्ने एन्फालाई कुनै अधिकार छैन यसलाई हल्कारुपमा नलिनको निमित्त पनि सुझाव दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई