काकाले गरे चार वर्षीय भतिजको हत्या



धनुषा । धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय रवि पासवानले हत्या गरेको जानकारी दिए ।

रविले नाबालक अनुशलाई आज साँझ फलामे रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । धनुषाका प्रनाउ क्षेत्रीका अनुसार बुधबार दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रविले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको हो ।

रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका थिए । स्थानीयस्तरमै उपचारका क्रममा आधा घण्टाभित्रै बालकको मृत्यु भएको प्रनाउ क्षेत्रीले बताए ।

घटनालगत्तै काका रविलाई प्रहरीले पक्राउ गरेको छ । रविलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

हत्याको कारण खुल्न सकेको छैन । पारिवारिक विवादमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।