नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध



चितवन । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुपर्‍यो ।

गतजेठ महिनायता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्डा (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुई÷तीन पटक पहिरो खसेको उनले बताए ।

“पहिरोका कारण कति रात सडकमा बिताएका छौँ, प्रहरी निरीक्षक अधिकारीले भने”, “पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।” उनले सडकखण्डको भौगोलिक अवस्था र जनशक्तिको कमीका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनामा समस्या हुने गरेको बताए ।

“जिल्लाभर ६० जना ट्राफिक प्रहरीको दरबन्दी हो, अधिकांश समय पहिराका कारण हुने ट्राफिक समस्या समाधानमै केन्द्रित गर्नुपरेको छ”, उनले भने । अधिकारीले नारायणगढ–मुग्लिन सडककै कारण जिल्लाको अन्य क्षेत्रमा ट्रफिक व्यवस्थापन र जनचेतनाका काम गर्न नपाइएको गुनासो गरे । उनले सडकखण्डमा पहिरो नआउनका लागि दीर्घकालीनरुपमा समाधान खोजिनुपर्ने बताए ।

सडकखण्डअन्तर्गत गत वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीस्थित मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो । यसबाहेक अन्य ठाउँमा छिटफुटरुपमा पहिरो खस्ने गरेको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए।

सडकखण्डका दर्जन बढी पहिराको जोखिम ठाउँ रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिचान गरिसकेको छ । राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । यसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटसम्बन्धी

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

    काठमाडौँ ।  सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल