सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्वद्ध अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी भ्रष्टाचार गरेको पाइएको छ । आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट विरुद्ध सात लाख ६७ हजार ९८८ बराबरको बिगो दाबी गरेको छ ।

सोही नगरपालिकाका तत्कालीन अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी विरुद्ध २४ लाख ५१ हजार ५२६, तत्कालनि इञ्जिनीयर पूर्ण कुँवर विरुद्ध ३२ लाख १९ हजार ५१४, ल्याब टेक्निसियन धनबहादुर विष्ट विरुद्ध २९ लाख २८ हजार १६८ र निर्माण व्यवसायी कामी शेर्पा विरुद्ध २९ लाख २८ हजार २७४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास