सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु



सल्यान । सल्यानमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ गइरहेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा ५ जना र उपचार गर्न लैजाने क्रममा बाटोमा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको छ । बस सडकबाट २ सय मिटर तल खोलामा खसेको हो । घाइतेहरुको स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेका छन् ।

बसमा ३० यात्रु रहेका बताइएको छ । दशैँको बेला मुगुको राराछायाँनाथमा यात्रु बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो । नेपालका पहाडी मार्गहरूमा प्रत्येक वर्ष चाडवाडका बेला ठूला दुर्घटनामा परी धेरै मानिसले ज्यान गुमाउने गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तारा एयरको जहाज लेतेको पहाडमा ठोक्किएको आशंका

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको लेते माथिको पहाडमा

तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा

आज आगामी आर्थिक वर्षको बजेट आउँदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष ०७९ /८० को बजेट ल्याउँदैछ ।