प्रधानन्यायाधीशको इजलासमा मात्र सुनुवाइ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा बुधबार सुनुवाइ भएको छ । अरु इजलासमा भने सुनुवाइ हुन सकेको छैन । सोमबार र मङ्गलबार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोकेका छन् । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेशीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले इजलास सुनुवाइ गर्न इन्कार गरेका छन् ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बताए । उनले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन्। अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने