महाकालीको बाढीमा फसेका ५ जनाको २२ घण्टापछि सेनाद्वारा उद्दार



शेरबहादुर सिंह, महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उनकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन ।

“स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जानसक्ने अवस्था नै थिएन”, यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भने, “स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।”

मङ्गलबार दिउँसो यहाँस्थित श्री नम्बर २५ बाहिनी अड्डा पुगेको हेलिकप्टरले मसेटट्ी पुगेर तीन चरणमा फसेकाको उद्धार गर्दै गाउँको जिम्मा लगाएर फर्किएको छ । “फसेका स्थानीयलाई उद्धार गर्न चारैतिर रुख हुँदा केही कठिनाई भए पनि सकुशल उद्धार गर्न सक्यौँ”, उद्धारको नेतृत्व गरेका पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले भने, “उद्धारमा हाम्रो तालीम प्राप्त टिम पनि सक्रिय रह्यो ।”

‘धन्य सेना आएर बचाए’

सेनाले डोरीको सहायताबाट उद्धार गरेपछि खुसीले भक्कानिँदै स्थानीय शान्ति नायकले आफूहरुले दोस्रो जीवन पाएको बताइन् ।

“रातभरि बगेर आएको रुखको सहरामा बस्यौँ”, उनले भनिन्, “बाँचिएला भन्ने आश मरिसकेको थियो ।” उनले आफ्नो परिवार लामो समयदेखि कुखुरापालन र कृषि कार्य गर्दै आएको बताइन्।

करिब ४५ देखि ५० परिवार रहेको मसेटट्ीमा बाढीको त्रासदीपछि सोमबार राति कसैको पनि घरमा चुल्हो नबलेको स्थानीय हरिस साउँदले बताए । उनले बाढीले एक दर्जन घरसमेत महाकालीले बगाएको बताए ।

स्थानीयले राति नायक परिवार थुनिएको थाहापाएलगत्तै स्थानीय प्रशासनमा खबर गरेको साउँदको भनाइ थियो । मंगलबार दिउँसो पछि त टेलिफोन र बिजुलीसितको पनि सम्बन्ध विच्छेद हुँदा झन् तनाव भयो ।” स्थानीय गोमती धामीले भने, “हेलिकप्टर आएको देखेपछि खुसीको सीमा रहेन ।”
सेनाले मसेट्टीको साँघुरो खेतमा हेलिकप्टर ल्याण्ड गरेर उद्धार थालेको थियो । पहिलो चरणमा सेनाले उद्धार गरेकी दीर्घमती देवी खड्काले सेना उद्धारका लागि आएको देख्दा भगवान् आएको अनुभूति भएको बताइन् ।

“रातभर भगवान्को नाम जपेर बस्यौँ”, उनले भनिन्, “जिन्दगी यत्ति हो भन्ने लागेको थियो, धन्य सेना आएर बचाए ।” उनले आफूहरु महाकालीमा थुनिएको पीडा शब्दले व्यक्त गर्न नसक्ने बताइन् । महाकाली नदीमा दशकौँयता सबैभन्दा ठूलो बाढी आएको थियो । आज दिउँसो नदीमा पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । अहिले पानी घट्ने क्रममा छ । महाकालीमा आएको बाढीका कारण तटीय क्षेत्रमा डुबान पर्नुका साथै जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई कानुन कानुनविपरीत उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद