तनहुँमा सवारी दुर्घटनामा परी एक वर्षमा ४८ जनाको मृत्यु



तनहुँ । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा ४४ र आर्थिक वर्ष २०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको जानकारी दिए । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । उनका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक÷ट्याङ्कर १८, जिप/कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएका थिए ।

दुर्घटनामा ७६ जना गम्भीर र ५१ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेका छन् । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको हमालले बताए ।

सडकको भौगलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको उनले बताए । “पृथ्वीराजमार्गका ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ”, उनले भने । दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए । सवारी चालक र पैदललाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेका छन् । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।

२० हजार सवारी साधन कारबाहीमा

प्रहरीले एक वर्षको अवधिमा २० हजार सवारी साधनलाई कारबाही गरेको छ । नियम उल्लङ्घन गरी सवारी चलाउने २० हजार सवारी साधनलाई कारबाही गर्दा एक करोड ३१ लाख २३ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।

कारबाहीमा पर्नेमा पाँच हजार ७४५ ट्रक÷टिपर, एक हजार ८१८ बस, चार हजार ७३ कार÷जिप, एक हजार ५८७ ट्याक्टर, ११३ अन्य र छ हजार ६४६ मोटरसाइकल÷स्कुटर छन् । कारबाहीमा पर्नेमा पनि दुई पाङ्ग्रे सवारी अत्यधिक छन् ।

मोटरसाइकल/स्कुटर कारबाहीबाट मात्रै ४६ लाख ७९ हजार ५०० राजस्व सङ्कलन गरिएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा २१ हजार १५० सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । त्यस्तै २०७५/७६ मा २६ हजार ६४६ सवारी साधनलाई कारबाही गर्दा एक करोड ६६ लाख ९४ हजार ५०० राजस्व सङ्कलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा