कुलेश्वरबाट स्रोत नखुलेको ३० लाख नगदसहित दुई जना पक्राउ



काठमाडौं । स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले काठमाडौैंको कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फलफूल व्यापारी मीनप्रसादले कुलेश्वर फलफूल बजारमा रहेको पसलमा हुण्डी कारोबार गर्छन् भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले खानतलासी गर्दा सोही पसलमा काम गर्ने कर्मचारी रमेशले झोलामा राखेको ३० लाख ७ हजार रुपैयाँ नगद फेला परेको प्रहरीको भनाइ छ ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व कार्यालय हरिहर भवन पठाएको परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास