करिव ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी नागरिक पक्राउ



काठमाडौँ । आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।

कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले आइतबार जनाएको छ ।

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौँ आएकी दक्षिणअफ्रिकी नागरिक शेर्ली गामालाई ब्यूरोको टोलीले भदौ ३ गते राति काठमाडौँ महानगरपालिका–१ कमलादीस्थित एक होटलबाट उक्त परिमाणको कोकिनसहित पक्राउ गरेको हो ।

कोकिनको कारोबारका लागि सोही होटलमा आएका भारतीय नागरिक विजय सिंहलाई भदौ ८ गते कमलादीबाट तथा ताञ्जेनियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोेलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरिएको ब्यूरोले बताएको छ । यसैगरी, लागुऔषध खैरो हेरोइनसहित सात जनालाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।