महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध



महेन्द्रनगर । भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ ।

अन्य सवारी साधन आवतजावत गर्न र अनावश्यक हिँडडुल गर्नमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निषेध गरिएको छ । अनावश्यक रुपमा सडक क्षेत्रमा लाग्ने भिडका कारण सडक र पुलमा काम गर्ने मजदुरमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए।

पहुँच मार्ग हाल महाकाली भाइरल रोडका नामले परिचित छ । दैनिक सडक क्षेत्रमा सयौंको सङ्ख्यामा टिकटक बनाउने, भिडियो फोटो खिच्ने व्यक्ति पुग्दछन् ।

सडक क्षेत्रमै झै झगडा गर्ने, निर्माण कार्यमा प्रयुक्त गाडी तथा सवारी साधनलाई बाटो नछाडने, निर्माणस्थलमा पसल खोलेर बस्ने, विद्युतका खम्बामा चढ्ने, निर्माणस्थलमा अनुमति विना स्टिकर टाँस्ने, निर्माण भैरहेका संरचना बिगार्नेलगायतका कार्य हुन थालेपछि पहुँच मार्गको आवतजावतमा निषेध गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको

देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट

  सल्लेरी (सोलुखुम्बु) ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

म्याग्दी ।  डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको

सर्लाहीमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई घाइते

  बरहथवा (सर्लाही) ।  सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६