खोलाले बगाएर ललितपुरमा एक महिलाको मृत्यु, बालिका बेपत्ता



ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नम्बर ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् ।

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलले अपरान्ह ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए ।

स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुनाका साथै बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न सकेको छैन ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको सुचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी दिए । विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुव्बानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व