सुर्खेतमा भदौ १५ गतेसम्म निषेधाज्ञा थप



कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थप गरेको सूचना गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालले बताए ।

सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला गरेको छ । त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ देखि बेलुका ७ बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

उनका अनुसार होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुका साथै भीडभाड हुन नदिएर सञ्चालन गर्न सकिने र सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्वीमिङ, क्लब, देउडा, मेलाजस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि कमि आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।