सप्तरीमा बलात्कारका फरार अभियुक्त १४ वर्षपछि पक्राउ



सप्तरी दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले विसं २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो ।

सप्तरी जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीका अनुसार मुखियासहित उहाँका सालाहरू तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमा भनिने डोमी मुखिया र उनीहरूका बुवा ५५ वर्षीय बिकु मुखियालाई जनही १३ वर्ष कैद सजाय भएको छ ।

आरोपितहरूले विसं २०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन् ।

गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशीटप्पु कटैया पलार गएका बेला आरोपितहरूले अन्य बालकलाई हतियार देखाई कुटपिट गरी डोरीले बाँधेको र होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै सामूहिक बलात्कार गरेको पीडितकी आमाको आरोप छ ।

आरोपितमध्ये श्यामा २०७७ चैत ९ गते पक्राउ भई राजविराज कारागारमा छन् । श्यामाका दाजु डोमीको मृत्यु भएकाले सजाय माफी भएको छ । उनीहरूका बुवा बिकु अझै फेला परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी