तारकेश्वरबाट नक्कली डिएसपी पक्राउ



काठमाडौं । आफूलाई नेपाल प्रहरीको डाक्टर/मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर ६ जरङगूका कृष्णप्रसाद ढुङ्गानालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

ढुङ्गानालाई तारकेश्वर नगरपालिकामा संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरी थप आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले उनीबाट कोही पीडित भएको भए सम्पर्क गर्न अनुरोध गरेको छ ।

ढुंगानाको साथबाट प्रहरीले नेपाल प्रहरीको विभिन्न पदहरूको यूनिफर्म लगाएका फोटा तीन थान, प्रहरी नायब उपरीक्षकको यूनिफम एक थान, नेपाल प्रहरीको जर्सी एक थान र मोबाईल सेट एकथान बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार