‘हर्के हल्दार’ टिमद्वारा मजदुरलाई खाद्यान्न वितरण



काठमाडौं । यतिबेला, कोरोना भाइरस महामारीका कारण सारा विश्व नै दुख, पीडा र सङ्कटमा छ । गत चैत्र १६ गते देखि कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण नेपालमा पनि मानवीय सङ्कट छ ।

एक मुठी खान नपाएकै कारण कैयौँ भोकभोकै बस्न बाध्य छन् । हरेक दुखमा सहारा खोज्न जाने मन्दिर, मस्जिद र चर्चहरू यस विश्वव्यापी सङ्कटमा बन्द छन् । अहिले भगवान् मन्दिरमा नभई दुखी पीडितहरूको घर आँगनमा देखिन थालेका छन् । भगवान् मानवरूपी जीवन नै रहेछ भन्ने महसुस राहत पाएका बेसाहाराहरुले गरेका छन् । यस्तैमा, महासङ्कटको सारथिको रूपमा देखा परेका छन् चर्चित हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का कलाकार ।

सिगौ मुलुक नै कोरोना प्रकोप सँग जुधिरहेको अवस्थामा जसरी अग्र मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कमान्डर बनेर सक्रिय रहेका छन् । त्यसैगरी, उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् समाजसेवी एवम् हर्के हल्दार का निर्माता इन्द्र दोङ्ग लामा खम्बे र उनको सम्पूर्ण ‘हर्के हल्दार’ टिम । निषेधाज्ञाको अवधि बढ्दै जाँदा दैनिकी मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्न वर्गमा समस्या थपिँदै गएको छ । यस्तो अवस्थामा ‘हर्के हल्दार’ टिम मार्फत धेरै असाहायहरुलाई राहत पुगेको छ ।

यस्तैमा,शुक्रबार पनि कान्तिपुर टेलिभिजन बाट हरेक आइतबार बेलुकी ९ बजे प्रसारण हुने चर्चित हास्य टेलिशृंखला ‘हर्के हल्दार’ का कलाकारद्वारा काठमाडौँ उपत्यकाका मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छन्। निषेधाज्ञाका कारण छाक टार्न गाह्रो भएका असाहय, पिडित, दृष्टिबिहिन, अनाथ, एकल महिला, अशक्त अपाङ्ग तथा बिरामी र श्रमिक मजदुरहरुलाई १-१ बोरा चामल, तेल,नुन लगायतका खाद्य सामाग्री बौद्ध माहांकाल, टोखा र माछापोखरमा वितरण गरिएको निर्माता लामाले बताए।

यसअघि पनि उनीहरुले धापासी,तारकेश्वर,गोलढुङ्गा, चरिकोट जिल्ला लगायतका विभिन्न स्थान र अनाथ आश्रमहरुमा खाद्यान्न वितरण गरिसकेको छ । त्यसैगरी सडकपेटीमा आश्रितहरुलाई समेत खाना खुवाउदै गरेको उनले बताए।

सम(समाहिक बिषय बस्तुलाई व्यङ्गत्माक तबरबाट सामाजिक सद्भाव फैलाउँदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र “हर्के हल्दार” को तर्फबाट गरिएको राहत वितरण कार्यक्रममा निर्माता इन्द्र दोङ्ग लामा खम्बे, कलाकार शिबहरि बैरागी, निर्देशक शिव शर्मा, कलाकारहरु सरु दाहाल देउती, बिनोद परियार, राजेन्द्र गिरि, शान्ति बस्नेत बाग्मती, बिन्दा दुलाल, सुशिला निरौला लगायतका कलाकारहरुको उपस्थितिमा राहत वितरण गरिएको थियो।

मुलुकमा आउने हरेक विषम परिस्थिति हर्के हल्दार समूहले नेपाली जनताको सहयोगमा उत्रिने गरेको छ। यस राहत वितरण कार्यमा साथ् सहयोग पुर्याउने सम्पूर्ण मनकारी समाजसेवीहरुमा हर्के हल्दार परिवार बिशेष धन्यबाद गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको निर्माता इन्द्र दोङ्ग लामाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको