चट्याङ् लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु



काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएका र ५० चौपायाको क्षति भएको छ । एक महिनामा चट्याङका कारण एक करोड ५४ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस्तै आगलागीबाट सात, जनावरको आक्रमणबाट तीन, हावाहुरीबाट एक गरी वैशाखमा ३२ जनाको ज्यान गएको छ । सबै घटनामा परी १३८ जना घाइते भएको बताइएको छ । यसपालि वैशाखमा पानी कम परे पनि चट्याङले ठूलो क्षति गराएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । एक महिनामा ४९९ विपद्का घटना भएको छ ।

सबै घटनाबाट ३३ करोड ७८ लाखको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । अहिले प्रिमनसुनका समयमा हावाहुरी र चट्याङका घटना बढी हुने मौसमविद्ले जनाएका छन् । चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिराको हाराहारीमै आगलागी र चट्याङले क्षति पुर्याइरहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास