मास्कको तुनाको बक्साभित्र लुकाइछिपाई अक्सिमिटरको तस्करी, सात जना पक्राउ



काठमाडौं । शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्दै नक्कली अक्सिमिटर बेचेको आरोपमा सातजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौंको बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, ललितपुरको कुपण्डोल बस्ने थुमराज उपाध्याय, ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारी, काठमाडौंको भीमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रालिमा काम गर्नेे पुष्कर घिमिरे छन् ।

यस्तै, काठमाडौंको अनामनगर बस्ने आहा इन्डष्ट्रियल कम्पनी प्रालिमा कार्यरत विशाल आचार्य, बागबजार बस्ने सन्तोष भण्डारी र भारतको राजस्थान घर भई काठमाडौंको ढुंगेअड्डा बस्दै आएका जगदीशप्रसाद रानासरिया छन् । उनीहरुको साथबाट उत्पादन मिति, म्याद समाप्त मिति, खरिद–बिक्री मूल्य, उत्पादक कम्पनीको नामलगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्यको ७६५ थान नक्कली अक्सिमिटर बरामद गरिएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं, औषधि व्यवस्था विभाग तथा वाणिज्य विभागसमेतको संयुक्त टोलीले छापा हानिएको थियो ।

प्रहरी अनुसन्धानबाट आहा इन्डष्ट्रियल कम्पनीमा काम गर्दै आएका विशाल आचार्यले डी एन्ड डी इन्टरप्राइजेज न्युरोडमार्फत चीनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाइ उक्त अक्सिमिटरहरु ल्याएको खुलेको छ । बजार मूल्य ६–७ सय रुपैयाँ पर्ने अक्सिमिटरहरु बाइस सय रुपैयाँसम्म अधिक मूल्यमा बिक्री–वितरण गरेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

पक्राउ परेकाहरुः
१. जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक बर्ष २९ को शिखर श्रेष्ठ ।
२. जिल्ला बाजुरा खप्तड गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. ५ कुपण्डोल बस्ने बर्ष २१ को थुमराज उपाध्याय ।
३. जिल्ला स्याङ्जा पंचमुल गा.पा.-०६ घर भई हाल जि.ललितपुर, ल.म.न.पा. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक बर्ष २७ को शेषकान्त अधिकारी ।
४. जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ६ घर भई हाल का.जि. भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने बर्ष ३९ को पुष्कर घिमिरे ।
५. जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २ घर भई हाल का.जि.अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बर्ष ४४ को बिशाल आचार्य ।
६. जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारी ।
७. भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरिया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई