आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा
काठमाडौँ । नेपाली आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५ औं पटक सगरमाथा आरोहण गरेका छन् । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार उनी बाटो बनाउने टोलीको नेतृत्व गर्दै शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए । सेभन समिटले यो टोली आज चौथो शिविरमा फर्किसक्ने जनाएको छ । यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ ।