अस्पताल, सुरक्षा जाँच लगायतका सार्वजनिक ठाउँलाई निसंक्रमण गर्दै महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ ।

‘संक्रमण बढ्दो अवस्थामा छ । यसबेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणको भरपर्दो माध्यम हो ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्छन्, ‘बन्दाबन्दी भए पनि कतिपय मानिसहरु अत्यावश्यक कामले बाहिर निस्किनु पर्ने हुन्छ । यसरी मानिसहरु आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमणको काम गरिरहेका छौँ ।’

महानगरले गएको बर्ष बन्दाबन्दीमा पनि सार्वजनिक ठाउँमा निसंक्रमण गरेको थियो । यसबर्ष निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय