दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण गरिँदै



कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले ३८ लाख ११ हजार ३४४ रुपैयाँ बजेट परिचालन गरेको छ ।

अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले जानकारी दिइन् । “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पुर्याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भनिन्, “आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पुर्याउने लक्ष्य लिएका छौँ ।” सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताइन् ।

उनका अनुसार एक घर निर्माण गर्न झण्डै दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आर्थिक वर्षमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य