श्रीमती हत्या अभियोगमा थुनमा रहेका दोलखाका एक थुनुवाले गरे आत्महत्या



चरिकोट । जिल्ला कारागार दोलखामा पूर्पक्षका लागि थुनामा रहेका एक थुनुवाले शुक्रबार कारागारभित्रै आत्महत्या गरेका छन् । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो शौचालय गर्न गएका उनी लामो समयसम्म नर्फकिएपछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

थामीले आफैँले लगाएको ज्याकेटको तुना निकालेर झुण्डिएर आत्माहत्या गरेका बताइएको छ । तत्काल ड्रिल गरेर ढोका फुटाउँदा थामीको मृत्यु भइसकेको कारागारका निमित्त प्रमुख पदम केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

  काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको