नेपाली पर्वतारोहीको केटु हिमाल आरोहण यात्रा(फोटोफिचर)



काठमाडौं । दश नेपाली पर्वतारोहीको एक टोलीले नयाँ विश्व कीर्तिमान कायम गर्दै हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेको छ । टोलीका सदस्य निर्मल पुर्जाले स्थानीय समयानुसार शनिवार बेलुकी ५ बजे शिखरमा पुगेको बताए ।

यो हिउँदमा उक्त हिमालमा दर्जनौँ पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए । आरोहण दलमा १० नेपालीहरू सुरुमा फरक फरक दलमा समावेश भएको भए पनि पछि नेपालको नाममा कीर्तिमान कायम गर्न एकै दल बनाएका थिए ।

सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ । संसारमा भएका ८ हजार मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ ।

केटुको सबैभन्दा गाह्रो स्थानको रूपमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको एउटा साँघुरो स्थान रहेको छ । सफल आरोहीमध्ये एक निर्मल पुर्जाले इन्स्टाग्राममा शिखरको तस्बिर राखेका थिए भने उनीहरूको सफलतालाई व्यवस्थापक सेभेन समिट ट्रेक्सले पनि पुष्टि गरेको छ ।

शिखरमा पुग्ने १० नेपालीहरूमा पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । सन् १९८७/८८ मा पहिलो प्रयास गरिएपछि केटुको शिखरमा हिउँदमा पुग्ने थोरै मात्रै प्रयास भएका थिए । यस अघिसम्म ७,६५० मिटरभन्दा माथि कोही पुगेका थिएनन्।
फोटो : निर्मल पूर्जा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र