गैरकानुनी रुपमा चीन पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ



काठमाडौं । ५० वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेको रोशी गाउँपालिकाका ३२ वर्षीय किरण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज शहरको ताङलो टोल बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्याई बिक्री गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

ताम्पुले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाई राखेको सामाजिक सञ्जालमार्फत जानकारी गराएपश्चात मानव बेचबिखन अनुसन्धान व्यूरो लगायत विभिन्न निकायको समन्वयमा गत कात्तिक १२ गते नेपाल फर्की पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले तामाङलाई सानेपाबाट पक्राउ गरेको हो ।

तामाङ उपर काठमाडौं जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास

हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याएको क्यान्भास