कैलालीमा प्रहरी हत्यामा संलग्न मुख्य फरार अभियुक्त पक्राउ



कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न रही फरार मुख्य अभियुक्त सुकबहादुर भन्ने ३४ वर्षीय अमर रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घटनाका मुख्य योजनाकार अमर घटना पश्चात फरार भई भारततर्फ गएकोमा विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका १९ फुलबारी क्षेत्रको नेपाल भारत सीमा नजिकमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेका बेला नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले गत कार्तिक १ गते प्रहरी सहायक निरीक्षक गोविन्द र प्रहरी जवान रामबहादुरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो ।

घटनामा संलग्न रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई यस अघिनै विभिन्न मितिमा पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले ८ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए भने राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी मा छुटेका थिए ।

अमर रानालाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको