गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु



गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट आइतबार बिहान दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की