जिप दुर्घटनामा परी बैतडीमा पाँच जनाको मृत्यु



बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटकी पार्वती चन्द, पाटन नगरपालिका ५ की पार्वतीदेवी चन्द, भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका २ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका ४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा