प्याजको कालोबजारी गरेको अभियोगमा व्यापारी पक्राउ



बारा । प्याजको कालोबजारी गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिका १ स्थित खुशी स्टोरका संचालक चन्दन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्याजको कृत्रिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरेको हो ।

स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याज समेत प्रहरीले बरामद गरेको छ । साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी