अफिम कारोबारमा संलग्न दुई जना पक्राउ



काठमाडौं । प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८ वर्षीय प्रमिला राउतलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले तारकेश्वर नगरपालिका–४ शेषमति सानोपुल नजिक शङ्कास्पद रुपमा कालो झोला बोकेर हिँडिरहेको अवस्थामा विश्वकर्मा र राउतलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ गरेकासँग ६ किलोग्राम ५०० ग्राम अफिम बरामद गरेको छ । बरामद गरिएको अफिम पक्राउ परेका व्यक्तिले विभिन्न गाउँबाट एक लाख ५० हजार रुपैयाँ प्रति किलोग्राम ल्याउने र प्रति किलोग्राम आठ लाख रुपैयाँसम्ममा बेच्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि