ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ



खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । विसं २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको ज्यान मार्ने उद्योगको घटनामा संलग्न दिप्सुङकै ५४ वर्षीय युवराज राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाले पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट विसं २०६५ चैत ३ गते सात वर्ष कैद सजाय हुने फैसला सुनाइएका राईलाई बुधबार साँझ दिप्सुङकै बिसुदु जङ्गलबाट प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले दिए । अदालतबाट दोषी ठहरिएका राईलाई बिहीबार अदालतमा पेश गरिएकामा अदालतले तत्काल कैद भुक्तानका लागि कारागार पठाउन निर्देशन दिएपछि कारागार चलान गरिएको प्रनाउ चिमोरियाले जानकारी दिए ।

फरार अभियुक्तको खोजतलास एवं पक्राउ अभियानमा सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले पछिल्लो दुई हप्तामा सवारी ज्यान मुद्दाका दुई र करणी मुद्दाका एक फरार दोषीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अदालतमा पेश गरिएलगत्तै कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले दिएको निर्देशनानुसार कारागार पठाइएको जनाइएको छ ।

प्रहरीले फरार अभियुक्त पक्राउ अभियान चलाए पनि तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बितिसक्दा तीन जनाकै हत्यारा अहिलेसम्म पत्ता लागेको छैन । विसं २०७३ माघ २६ गते वीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यारा प्रहरीले पत्ता लगाउन नसकेको हो ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसक्दा जिल्लामा प्रहरीको आलोचना भइरहेको छ । घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको महिला अधिकारकर्मीले बताएका छन् ।

सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी तामाङको शव कुसेऔँसी जङ्गलको बाटाभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घटनास्थलमा मडारिएको र घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

स्याउला काटेर घर फर्कनेक्रममा इलाका प्रहरी कार्यालय हलेसीभन्दा करीब पैदल पाँच मिनेटको दूरीमा ज्ञानीमायाको हत्या भएको थियो । माइती घर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कनेक्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनि कपडा खोलिएको र टाउकाबाट रगत बगिरहेका अवस्थामा भेटिएको थियो ।

महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर कानूनी कठघरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन् । उनीहरुले पटकपटक प्रहरी कार्यालयमा पुगेर घटनाका विषयमा जानकारी मागिरहेका छन् । घटनाका बारेमा खोटाङे नेताको टोलीले गृहमन्त्री रामबहादुर थापालाई गत वर्ष भदौ १ गते भेटेर जानकारी गराउँदै कारवाहीको माग गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका अध्यक्ष देवान किरातीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री थापालाई भेटेर तत्काल हत्यारा पत्ता लगाएर कडाभन्दा कारवाही गर्न माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको