हेटौंडाकी सुस्मिताको हत्या आफ्नै परिवारबाट



हेटौंडा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई सार्वजनिक गरेको छ ।

सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको हो ।

छ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको पाँचलाखको विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता