नेपालमा पनि सलह प्रवेश गरेको आशंका, यकिन गर्न प्राविधिक टोली तराईका जिल्लामा



काठमाडौँ । सलह जस्तै देखिने फट्याङ्ग्रा तराईका केही जिल्लामा भेटिएपछि कृषि तथा पशुपंछी विकास मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन शुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बारा पर्सालगायत जिल्लाबाट सलहजस्तै फट्याङ्ग्रा देखापरेको भन्ने कृषकबाट रिपोर्ट आएपछि मन्त्रालयबाट चार जना प्राविधिकको टोली त्यस क्षेत्रमा पठाएको जानकारी दिए ।

टोलीको प्रतिवेदन आएपछि त्यो सलह हो होइन आधिकारिक रुपमा सार्वजनिक गरिने बताएका छन् । यस्तै, प्रदेश २ को भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयले पनि पनि किसानबाट सहलजस्तै कीरा फट्याङ्ग्रा देखापरेको खबर गेरपछि मन्त्रालयले प्राविधिक टोली त्यसतर्फ पठाएको जनाएको छ ।

अफ्रिकी मुलुकमा ठूलो सङ्कटका रुपमा लिइएको सहल छिमेकी देश भारत तथा पाकिस्तानमा पनि यो वर्ष देखापरेका कारण नेपालमा पनि यो प्रवेश हुने अनुमान गरी नेपालमा रोकथाम कार्यदल गठन गरिएको थियो । ठूलो समूहमा आउने फट्याङ्ग्राले पूरै बालीनाली तथा बोट बिरुवा सखाप पर्ने भएकाले यसले कृषि र पर्यावरणमा नराम्रो असर पार्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता