हतियारधारी समूहले काभ्रेको रोशीबाट लाखौँको बुद्धचित्तको माला लुट्यो



बनेपा । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समुहले लाखौँको बुद्धचित्त माला लुटपाट गरेको छ । बिहीबार राति ५०/६० जनाको समूहमा आएको अतियारधारी समूहले स्थानीय बीरबहादुर तामाङको लाखौँको माला लुटेको प्रहरीले जनाएको छ ।

राति दश बजेतिर आएको समूहले बुद्धचित्तको बोट कुर्न बसेकालाई कुटपिट गरेर बोटमा भएको ८५ प्रतिशत बुद्धचित्तका दाना चोरेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिएका छन् । हातहतियार सहित आएका उनीहरुले हवाइफायर समेत गरेको स्थानीयले बताएका छन् ।

लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरुसँग मध्यराति दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा ४ जना स्थानीय घाइते भएका छन् ।

उनीहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बुद्धचित्त माला बहुमूल्य मालाको रुपमा परिचित छ । यो मालाको विषयमा लामो समयदेखि विवाद थियो । स्थानीयले पनि आफूहरुले नै उक्त माला बेच्न पाउनुपर्ने माग गरेका थिए । अघिल्लो बर्षपनि उक्त रुखमा विवाद भएको थियो ।

मालाधनीले व्यापारी मानबहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठी, लगायतका टिमलाई ९० लाख रुपैयाँ बिक्री गरेका थिए । उनीहरुले माला कुर्नका लागि १५ जना युवा नै परिचालन गरेका थिए । घरधनीले नयाँ व्यापारीलाई माला बिक्री गरेसँगै विवाद उत्कर्षमा थियो । यही बोटमा फलेको मालाको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

बुद्धचित्त मालाको कारण विभिन्न विवादहरु भइरहेपछि यो पटक देखि रोसी गाउँपालिकाबाट मालाको लागि छुट्टै कार्यविधि समेत बनाएर ५ प्रतिशत कर निर्धारण गरिएको थियो । गाउँपालिका वनाएको मापदण्ड अनुसार नै यो पटक ९० लाखमा सम्झौता भएको उक्त मालाको चार लाख ५० हजार पालिकालाई कर तिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।