भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि तनाव बढेको चीनको प्रतिक्रिया



चीनले पहिलो औपचारिक प्रतिक्रिया दिँदै दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई भारतीय सुरक्षाकर्मीको नियोजित उक्साहट भनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि भीषण युद्ध निम्तिएको बताएका हुन् ।

उनले चिनियाँ फौजको हताहतबारे भने विवरण दिएनन् । शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए । गलवान उपत्यकामा भएको भिडन्तमा बीस भारतीय सैनिक मारिएका थिए । भारतले भिडन्तमा दुवै पक्षको क्षति भएको बताएको छ ।

एकपछि अर्को ट्वीट गर्दै झाओले गलवान उपत्यका चिनियाँ भूमिमा पर्ने बताए । दुई आणविक शक्ति सम्पन्न यी दुई देशबीच यो क्षेत्रमा सीमा रेखा स्पष्ट छैन त्यसैले राम्रोसँग सीमाङ्कन नगरिएको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसी मानिन्छ । झाओले चिनियाँ र भारतीय अधिकारीबीच मे महिनामा सम्झौता भएपछि चिनियाँ क्षेत्रमा बनाएको संरचना भारतले भत्काएर सुरक्षा फौज फिर्ता लगेपछि तनाव घट्दै गएका बेला घटना भएको बताएका छन् ।

सीमामा खटिएका भारतीय फौजले चिनियाँ अधिकारी र सिपाहीहरूमाथि हिंस्रक आक्रमण गरेपछि भिडन्त भएको र मानिसहरू मारिएको बताए । भारतीयहरूले गलवान उपत्यकामा अप्रिल यता नियन्त्रित सीमा रेखामा सडकहरू पुलहरू र अरू संरचनाहरू बनाइरहेको झाओले बताए ।

शुक्रवार टेलिभिजनमार्फत् दिइएको एउटा वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय भूभागको रक्षाका लागि भारतीय सशस्त्र फौजलाई आवश्यक कदमहरू चाल्नका लागि अधिकार दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता