रुपन्देहीको तिलोत्तमामा ५ जनाको हत्या



बुटवल । रुपन्देहीमा गएराति ५ जनाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार मैनैयामा उक्त घटना भएको हो । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारका कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई हत्या गरि अर्का १ जना फरार रहेको स्थानीय प्रदीप थापाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरीको हत्या भएको हो ।   फरार हुने सोही फार्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् । हत्या आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा