रुकुम घटनाका दोषीलाई कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । रुकुमको चौरजहारीमा भएको घटनाको विरोधमा त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं आई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आइतबार त्रिवि परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले टाउकोमा किताब र निधारमा पट्टि बाँधेर चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोध गरेका छन् । कोरोना महामारीको कारण सामाजिक दुरी कायम गर्दै त्रिवि परिसरमा भेला भएका उनीहरुले जनचेतनामूलक प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले विभेद र अत्याचार विरुद्ध त्रिविले शिक्षा दिन नसकेको भन्दै ‘विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि’, ‘अहिले नबोले कहिले बोल्ने’, ‘टियु ले कस्तो जनशक्ति उत्पाद गर्यो’ लेखिएका प्लेकार्डहरु बोकेका थिए । विद्यार्थीहरुले दलितमाथिको विभेद र अत्याचार विरुद्ध बोल्नका लागि अभियान नै चलाउनुपर्ने भएकाले प्रदर्शन गर्नुपरेको बताएका छन् । विद्यार्थीहरुले रुकुम घटनाका दोशीलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही