स्रोत नखुलेको करीब साढे २२ लाख रूपैयाँसहित पर्साबाट एक जना पक्राउ



काठमाडौं। सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको करीब साढे २२ लाख रूपैयाँसहित पर्साको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट एकजनालाई पक्राउ गरेको छ।

टोलीले ती युवकको साथबाट २२ लाख ४८ हजार रूपैयाँ बरामद गरेको हो। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-५ बस्ने २५ वर्षीय प्रकाश साह रहेका छन्। उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।

ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा सवार साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा मोटरसाइकलको ट्याङ्कीमुनि लुकाईछिपाई राखिएको रकम फेला परेको हो।

सशस्त्रको टोलीले पक्राउ परेका साहलाई बरामद रूपैयाँ तथा मोटरसाइकलसहित आवश्यक करावाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।