बाँकेमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु, २१ घाइते



नेपालगञ्ज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारीस्थित ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान गइरहेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना आइतबार मध्यराति भएको प्रहरीले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार ११ पुरुष र एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण