एमसीसी अनुमोदन नगर्न माग गर्दै माइतीघर क्षेत्रमा प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्न काठमाडौंको माइतीघर मण्डला पुगेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार नेपालका लागी नेपाली अभियान लगायतका युवा संस्थाहरुको संयुक्त आयोजनामा एमसीसीको विरोध हुँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले सीमित स्थानमा मात्र बसेर प्रदर्शन गर्न आग्रह गर्दा पनि प्रदर्शनकारीले प्रहरी घेरा तोडेपछि पानीको फोहराले प्रदर्शनकारीलाई तितरवितर पारिएको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाइ प्रहरीले नै भ्यानमा राखि उपचारका लागि लगेको थियो ।
उनीहरुले एमसीसी नेपालको हितमा नरहेको भन्दै नारावाजी गरेका थिए । त्यस्तै उनीहरुले रुकुम घटनाको विरोधमा पनि नारावाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक