पूर्वाधार विकासका लागि एक खर्ब ३८ अर्ब बजेट विनियोजन



काठमाडौं । सरकारले भौतिक पूर्वधार मन्त्रालय अन्तर्गत आगामी वर्षका लागि एक खर्ब ३८ अर्ब बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्रीले हरेक प्रदेशमा २ राष्ट्रिय राजमार्ग पुग्ने गरी काम अगाडी बढाइने घोषणा गरे । पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको विस्तारको लागि १२ अर्व २१ करोड विनियोजन गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग निमार्णको लागि ८ अर्व २७ करोड विनियोजन गरिएको छ ।

हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सक्नको लागि आगामी वर्षको लागि ७ अर्व १ विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्ग लाई ५ वर्षमा सक्ने गरी ३ अर्व ७ करोड विनियोजन गरिएको छ । काठमाडौं–मधेश द्रुर्त मार्ग ३ वर्ष्भित्र सम्पन्न गर्ने गरी ८ अर्व ३ करोड बजेट विनियोजन गरिएको छ ।

आगमी वर्ष उक्त सडकमा पर्ने जटिल पुल तथा सुरुङको निमार्ण कार्य अघि बढाउने उल्लेख गरेको छ । पूर्व–पश्चिम राजमार्गको लागि १ अर्व ९६ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री खतिवडाले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको बताए । उनले नारायणी, कोशी र कर्णाली नदीमा जल यातायात सञ्चालको लागि सम्भाव्यता अध्ययन गर्ने बताए ।

नेपालको ध्वजाबाहक पानीजहाजको भारतको आन्तरिक जलमार्गको प्रयोग गर्ने उहाको भनाई छ । भूकम्पपछिको पूननिर्माणलाई तिव्रता दिइने बताए । उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताए । प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा योजना छनौट गरिने कार्यक्रमका लागि सरकारले ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने