डडेल्धुराको महाभारत क्षेत्रमा भेटियो पाटे बाघ



काठमाडौं । दुई हजार ५०० मिटरको उचाईमा डडेल्धुराको महाभारत क्षेत्रमा पाटे बाघ भेटिएको छ । नेपालमा यो उचाईमा पहिलो पटक पाटे बाघ भेट्टिएको डिभिजनल वन कार्यालय डढेलधुराका डिभिजन वन अधिकृत विष्णु आचार्यले जानकारी दिए । तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटे बाघ यो उचाईमा पाइएको नेपालको वन क्षेत्रको इतिहासमा पहिलो पटक भएको आचार्यले बताए। यसअघि भुटानको थ्रुम्शिङ्ला राष्ट्रिय निकुञ्जमा दुई हजार ७६५ मिटर उचाईमा पाटे बाघको क्यामरा ट्रयाप भएको थियो।

तराई भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन वन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रको वन्यजन्तुको अध्ययन गरेर त्यहाँ पाटे बाघको उपस्थितिलाई यकिन गर्ने उद्देश्यले ३२ जोडी क्यामेरा राखिएका थिए ।

हाल उक्त ३२ जोडी मध्ये १ स्थानमा पाटे बाघको तस्वीर ट्रयाप भएको हो । “भेटिएको बाघ आगन्तुक हो वा स्थायी हो, यसका लागि अध्ययन गर्नुपर्दछ”, आचार्यले भने, “स्थानीयले बाघ हिंडेको बताएका थिए, तर रेकर्ड भएको थिएन । अहिले उच्च स्थानमा पनि पाटे बाघ भेटिएको प्रमाण प्राप्त भयो ।”

डढेलधुरा नेपालकै सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । करिव एक लाख १५ हजार हेक्टर वन क्षेत्र डढेलधुरामा पर्छ। विश्वमै दुलर्भ मानिएको पाटेबाघको संख्या नेपालमा २३५ छ ।

सन २०१८ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

 

फोटोः विष्णुप्रसाद आचार्यको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक