रोग र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि बैशाख एक गते दीप प्रज्वलनका लागि राष्ट्रिय सरोकार मञ्चको आह्वान



यहि आउँदो नव वर्ष २०७७ साल लाई नया तरिकाले स्वागतम गर्ने र मनाउने प्रयत्न गरौँ । नव बर्षको शुभ उपलक्ष्यमा विश्वभर छरिएर रहेका सम्पुर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छौं ।

२०७७ साल बैशाख १ गते कृष्ण षष्ठी ,सोमबार ,सम्पुर्ण तथा देश बिदेशमा रहनु भएको नेपाली जनमा आ-आफ्नो घरमा बसि आ-आफ्नै धर्म संस्कृति र मौलिक सभ्यता अनुरूप पुजा अर्चना गरि साँझ समय १६:५१ देखि १८:२७ ( बिदेशमा बस्न हुनेले समय काल मिलाई ) बजे सम्म द्विप प्रज्वलन गर्दै घरघरमा भएको घण्टी ,डमरू ,बिभीन्न किसिमको बाजा ,पञ्चे बाजा तथा ढ्याङ्ग्रो बजाउँदै र शंख फुक्दै नव बर्षलाई स्वागत र मनाउने प्रयत्न गरौं ।

यो कार्यक्रम गर्नुको मुल उध्येश्य नै नेपालको राजनीतिमा जगडिएर तथा जालो लगाएर बसेको तथा नेपाललाई ग्रस्त बनाउने भ्रष्टाचार तथा अनियमितताका साथै रोग व्याधा निर्मुल होस भनी संकल्प तथा प्रार्थना गरी मनाउने हो । तसर्थ सो कार्यक्रमले समस्त मानव समाज र विश्व सभ्यताको नै भलो हुने सोच राख्दै बिश्वभर छरिएर बसेका नेपालीले पनि यस कार्यक्रमलाई साथ दिई सफल बनाउने प्रयास गरौँ ।

बिश्वभर फैलिरहेको नेपाली जनमा नव बर्षको शुभकामना टक्राउँदै आगामी समय सुखमय ,शान्तिमयका साथै उमङ्ग तथा रमणीयका साथ बितोस् साथ साथै समाज भ्रष्टाचार मुक्त तथा रोग मुक्त रहोस् , कोरोना कोभिड-१९को सन्त्रास नफैलियोस् ,खेतीपाती उत्तम भई भोकमरी नलागोस् , समाजिक तथा धार्मिक सद्भाव कायम रहोस् , संकटको समयमा नेपालीमा एकताको भावना बलियो रहोस् ,रोगव्याधा तथा भ्रष्टाचारसँग लड्ने शक्ति तथा क्षमता मिलोस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं । जय नेपाल !

सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा अध्यक्ष राष्ट्रिय सरोकार मञ्च नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता