गीतकार आचार्यसहित पाँचजनालाई ‘सिम्पल सम्मान’प्रदान



काठमाडौं । नेपाली साहित्य, संगीत र कलामा समर्पित सामाजिक संस्था ‘सिम्पल आर्टस् बानेश्वर’ को २२ औं वार्षिकोत्सवको अवसरमा गीतकार एवम् पूर्वप्रहरी वरिष्ठ उपरीक्षक नारायणकुमार आचार्य सहित समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका पाँचजनालाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा शिक्षासेवी संगीता श्रेष्ठ, व्याडमिण्टन खेलका अन्तर्राष्ट्रिय एम्पायर दीपक थापा, नायिका रेजिना उप्रेती र साहित्यकार एवम् कलाकार मिठुकृष्ण श्रेष्ठ छन् ।
उनीहरुलाई वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, बागमती प्रदेशका सांसद राजेन्द्रप्रसाद गुरुङ र गणेश दुलाल तथा सिम्पल आर्टस् परिवारका अध्यक्ष पुष्कर जंगमलगायतले सम्मानपत्र र माला लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा एनकेसिंह मेमोरियल स्कूल (इ.पि.एस)काभाइस प्रिन्सिपल राजेन्द्र शर्मालाई ‘कपन—बानेश्वर विशेष सम्मान’प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही