केशर महलमा केपी ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको ऐतिहासिक केशर महलको मंगलबार अवलोकन गरेका छन् ।

अवलोकनपछि उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे । पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भन्ने लेखेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । ५९ करोड ५० लाखको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।