नेपाल राष्ट्रिय महिला भलिबल टोली विश्व वरीयताको ८७औं स्थानमा



काठमाडौं, । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपालले ८७औं स्थान हासिल गरेको छ ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औं स्थान हासिल गरेको हो ।

एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ । वरीयताक्रममा नेपालको ५७ अंक रहेको छ ।

नेपाली महिला भलिबल टोलीले बंगलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो ।

त्यस्तै, नेपालमा नै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला टोलीले ऐतिहासिक रजतपदक हात पारेको थियो ।

त्यसैगरी, वरीयताक्रममा भारत ९७ अंकसहित ५४औं स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहेको हो ।

३८२ अंक रहेको अमेरिका दोस्रो तथा ३२८ अंक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।

यस्तै, इटाली चौथो, टर्की पाँचौं, सर्विया छैटौं, जापान सातौं, रसिया आठौं, डोमिनिक गणतन्त्र नवौं र दक्षिण कोरिया दशौं स्थानमा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही