मालपोतका पियनको ८ करोड ९८ लाख गैरकानुनी सम्पति !



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका निलम्बित कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई करिव ९ करोड अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेत विरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार, उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको छ । त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत नखुलेको र त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ ।

मालपोत कार्यालय चावहिलका (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेतउपर अवैध रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा बिगो रु. ८,९८,५८,६१३।–कायम गरी आरोपपत्र दायर ।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१६ गते ।
—————————————————

मालपोत कार्यालय चावहिल (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेकोले कारवाही गरी पाउँ भनी आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानमा निज राजेन्द्र बस्नेत मिति २०४५।०७।१९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका निजको सार्वजनिक सेवामा प्रवेश मिति २०४५।०७।१९ देखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँचअवधि लिएर अनुसन्धान अनुसन्धान तहकिकात गर्दा निजको तलब पारिश्रमिक बचत आय / घरजग्गा बिक्री / सवारीसाधन बिक्री / विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा / आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी रु. ७४,७३,३७३।- (चौहत्तर लाख त्रिहत्तर हजार तीन सय त्रिहत्तर) वैध आय आर्जन भए गरेको देखिन्छ।

निज मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरी राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको भन्ने कसुर उपर सम्मानित विशेष अदालतमा मिति २०७५।०९।१५ मा दायर मुद्दा नम्बर CR-०१४० मा प्रतिवादी कायम गरिएका उक्त कसुर उपरको शुरु अनुसन्धानको क्रममा मिति २०७५।६।२५ मा पक्राउ परेका समयमा निजबाट स्रोत नखुलेको रु. ११¸००¸०००।– समेत बरामद भएको पाइयो भने प्रस्तुत गैरकानूनी सम्पत्ति आर्जन विषय उपरको अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट निजले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा दर्ता कायम रहने गरी जग्गा/सवारी साधन/व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको पाइयो।

निज राजेन्द्र बस्नेतले आफू तथा श्रीमती सीता बस्नेतको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर समेत रु. ६,७४,२५,१४५।–¸ आमा टुकु कुमारी बस्नेतको नाममा रहेको जग्गामा निज राजेन्द्र बस्नेतले लगानी गरी बनाएको घर निर्माणमा रु.६२,९०,५४८।-¸ कर्जा एवं सापटी चुक्ता प्रयोजनमा रु. ३९,७६,२९०।-¸ जीवन बीमाका विभिन्न पोलिसीहरुमा प्रिमियम शुल्कमा रु. ५,७०,४९०।–¸ सवारी साधन खरिदमा रु. ३७,३१,०००।-, अंशियार दाजुभाइलाई अंशबापत नगद भुक्तानीमा रु. १५,००,०००।-, पुँजिगत लाभकरमा रु.३,४७,०४०।-, छोरा छोरीको शैक्षिक खर्चमा रु. १७,८६,३२५।-¸ शेयर खरिदमा रु. १८,०००।-, भ्रष्टाचारजन्य कसुर उपरको अनुसन्धानमा पक्राउ पर्दा निजको साथमा फेला परेको स्रोत नखुलेको नगद रु. ११,००,०००।-, श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाइ Banking Chanel बाट भतिजा कृपा बस्नेतलाई उपलब्ध गराई कृपा बस्नेतको नामबाट लगानी गर्नमा रु. १,००,००,०००।-, र निज राजेन्द्र बस्नेत एवं निजका परिवारका सदस्यहरुको नाममा संचालित विभिन्न बैंक खाताहरुमा जाँचअवधिमा देखिएको अन्तिम मौज्दात रु. ५,८७,१४८।– समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा विभिन्न शीर्षकमा खर्च एवं लगानी गर्नमा निजले रु. ९,७३,३१,९८६।- (नौ करोड त्रिहत्तर लाख एकतीस हजार नौ सय छयासी) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु. ७४,७३,३७३।- को तुलनामा रु. ८¸९८¸५८¸६१३।– बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रु. ८¸९८¸५८¸६१३।– (आठ करोड अन्ठानब्बे लाख अन्ठाउन्न हजार छ सय तेह्र) निजले राष्ट्र सेवक भएपश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज राजेन्द्र बस्नेतलाई जम्मा बिगो रू. ८,९८,५८,६१३।-(आठ करोड अन्ठानब्बे लाख अन्ठाउन्न हजार छ सय तेह्र रुपैयाँ) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजायको साथै निजले स्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रू. ८,९८,५८,६१३।- (आठ करोड अन्ठानब्बे लाख अन्ठाउन्न हजार छ सय तेह्र रुपैयाँ) साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत समेत गरी पाउन निज राजेन्द्र बस्नेत तथा सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमती सीता बस्नेत¸ आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी निज राजेन्द्र बस्नेतको साथमा फेला परेको नगद रु. ११¸००¸०००।– संलग्न राखी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर