एपिएफ माथि १-० को संघर्षपूर्ण जित



काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब शीर्ष पाँचमा उक्लिएको छ ।

सोमबार एपिएफ माथि १(० को संघर्षपूर्ण जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गरेको हो । खेलको १३ औं मिनेटमा एपिएफका खेलाडीले भरत शाहलाई पेनाल्टी बक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै अग्रता बनायो। कप्तान भोला सिलवालले गरेको उक्त गोल पुलिसको जितका लागि निर्णायक गोल बन्न पुग्यो।

हाफमा एपिएफले केही राम्रा अवसरहरु बनाए पनि खेलमा फर्कन भने सकेन। जितसँगै पुलिस ९ खेलमा ४ जित २ बराबरी र ३ हार ब्यहोर्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।